प्रांगारिक कौसी खेतीमा सहरवासीको आकर्षण

 कौशिला कुँवर

काठमाडौं। पछिल्लो समय कृषि योग्य जमिन सहरीकरण भएपछि काठमाडौं उपत्यकावासी कौसी खेतीमा आकर्षित भएका छन् । महँगोमा किन्दा पनि विषादीयुक्त र सडेगलेका बासी तरकारी खान बाध्य सहरवासी अहिले कौसी खेतीमा आकर्षित भएका हुन् ।

बजारमा गुणस्तर र स्वच्छ तरकारी नपाइँदा आप्mनै छतमा तरकारी उत्पादन गरेर खान थालका छन् । यस्तै, भक्तपुरको लोकन्थली घर भएका महेश शाक्यले आप्mनै घरमा कौसी खेती गरेर राम्रो उत्पादन गर्दै आएका छन् । महेश शाक्यले बजारमा विषादीयुक्त तरकारी आउन थालेपछि आफूले कौसी खेती गर्न थालेको बताए । शाक्यको भनाइअनुसार कौसी खेतीमा राम्रो उत्पादन हुन्छ ।

कौसी खेती थालेपछि बजारबाट कुनै पनि तरकारी किन्नु नपरेको शाक्य बताउँछन् । गोलभेडा, सिमी, खुर्सानी, प्याज, धनियालगायतका विभिन्न तरकारी उत्पादन गर्ने उनी बताउँछन् । कौसी खेती गर्दा स्वच्छ तरकारी खान पाउनुका साथै घरको फोहोर व्यवस्थापन हुने र पैसासमेत बच्ने शाक्यको भनाइ छ । घरका छत लुगा सुकाउनका लागि मात्र नभएर तरकारी खेती गरेर राम्रो उत्पादन गर्न सक्ने उनले बताए । सबैले कौसी खेती गरे बाहिरी देशबाट करोडौं मूल्यको आयात हुने तरकारी कम गर्न सक्ने शाक्यको भनाइ छ ।

सहरवासीको कौसी खेतीमा आकर्षण हुँदै गर्दा स्थानीय सरकारले पनि कौसी खेतीलाई प्राथामिकता दिएको छ । प्रदेश ३ ललितपुर कृषि ज्ञान केन्द्रले प्रांगारिक कौसी खेतीका लागि मात्र २ करोड रुपैयाँ छुट्याएको छ ।

ज्ञान केन्द्रका प्रमुख निर्मल गदालले कृषियोग्य जमिन मासिएर गएपछि कौसी खेतीलाई प्राथमिकता दिएको बताए । प्रमुख गदालले कौसी खेतीले घरबाट निस्केको फोहोर व्यवस्थापन हुने र कृषि उत्पादन बढाउन सक्ने भएकाले कौसी खेतीलाई प्राथामिकता दिएको

बताए । गदालका अनुसार काठमाडौं, ललितपुर र भक्तपुरमा करिब १ लाख छतमा कौसी खेती गर्न सकिन्छ । कृषियोग्य जमिन नहुँदा घरको छतमा कौसी खेती गरेर कृषि उत्पादन बढाउन सक्ने गदालको भनाइ छ । उनले कौसी खेतीको उत्पादनले बाहिरबाट आयात हुने कृषिजन्य वस्तु कम गर्न सक्ने बताए ।

गदालले चालू आर्थिक वर्षमा ज्ञान केन्द्रले विभिन्न कार्यक्रमका लागि करिब ११ करोड बजेट विनियोजन गरेको बताए । चालू आर्थिक वर्षमा काठमाडौंमा चिया, कफी, फलफूल, पुष्प र तरकारी उत्पादन वृद्धि गर्ने कार्यक्रमका लागि ३ करोड बजेट छुट्याएको बताए । सो कार्यक्रममार्फत किसानलाई ५० प्रतिशत अनुदान दिने कार्यक्रम रहेको उनको भनाइ छ । यसैगरी, प्रांगारिक कौसी खेतीका लागि २ करोड र एक निर्वाचन क्षेत्र एक मोर्डन कृषि फर्म कार्यक्रमका लागि ३ करोड १५ लाख बजेट छुट्याएको उनले बताए ।

उनले एक निर्वाचन क्षेत्र एक मोर्डन कृषि फर्म कार्यक्रम आयोजना तीन वर्षको हुने उनको विचार रहेको छ । ज्ञान केन्द्रका प्रमुख गदालले सो आयोजनाले कृषकलाई पहिलो वर्ष ८० प्रतिशत, दोस्रो वर्ष ५० प्रतिशत र तेस्रो वर्ष ४० प्रतिशत अनुदान दिन कार्यक्रम रहेको बताए ।

ज्ञान केन्द्रका प्रमुख गदालले कृषि ज्ञान केन्द्रले कृषि विकास लागि विभिन्न कृषि परियोना कार्यक्रम सञ्चालन गरिरहेको र केन्द्रले प्रांगारिक कृषि आयोजना, रैथाने बाली आयोजना, प्रधानमन्त्री कृषि आधुनिकीकरण आयोजना, कृषि यान्त्रिकीकरण आयोजनालगायतका कार्यक्रम सञ्चालन गर्दै आएको र सो कार्यक्रमका लागि गत आर्थिक वर्षमा ११ करोड बजेट विनियोजन गरेको बताए ।